दफा ३
आयोगको कार्यालयको स्थापना
(१) आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि केन्द्रीय स्तरमा एक केन्द्रीय कार्यालय रहनेछ र आयोगले विभाग तथा क्षेत्रीय, अञ्चल र जिल्लास्तरमा आवश्यकता अनुसार अन्य कार्यालय स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने विभाग तथा कार्यालयको मुकाम आयोगले तोके बमोजिम हुनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका आयोगका कार्यालयहरु यसै ऐन बमोजिम स्थापना भएका मानिने छन्।
(४) आयोगको स·ठन संरचना र कर्मचारीको दरबन्दी आयोगको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ ।